काठमाडौँ। साताको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। निरन्तर बढी रहेको सुनको मूल्यमा आज प्रतितोला ८०० रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।