काठमाडौँ। साताको तेस्रो कारोबारका दिन सेयर बजारमा करेक्सन आएको छ । आज सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको हो । उक्त दिन बजार १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ।

उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३० करोड ८७ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ८४ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा यस कम्पनी दोस्रो स्थानमा रहेको छ ।

साथै, उक्त दिन हिमालय ऊर्जा विकास कम्पनीको २५ करोड ४० लाख ६३ हजार रुपैंया, हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४२ लाख १२ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड कारोबार भएको हो ।