काठमाडौँ । नेपाल वायुसेवा निगमका ५ कन्ट्री म्यानेजरको फेरबदल गरेको छ । जस अनुसार, हङकङमा कन्ट्री म्यानेजर मिगी केसी पुगेका छन् भने दोहामा डोगराज क्याप्छकीले जिम्मेवारी पाएका छन्।
साथै, वायुसेवा निगमको प्रवक्ता समेत रहेका रमेश पौडेल क्वालालम्पुरको जिम्मेवारी पाएका छन् । त्यसका साथै, दिल्लीमा कमल ज्ञवाली र दमामका अंजु शर्मा मरासिनीलाई सिफारिस गरेको छ। त्यसैगरी एयरपोर्ट म्यानेजरमा तेज बहादुर थापा नारिता र अरविन्द कुमार कामति दमाममा सिफारिस भएका छन्।
सातौँ तहका ३ जना लेखा प्रबन्धक समेतको सरुवा भएको छ। नरेश यादव हङकङ,राजन घिमिरे नारिता र सुवास मरासिनी दमाममा सिफारिस भएका छन्। त्यस्तै, हङकङ, दोहा र दुबईमा स्टेसन म्यानेजर नयाँ सरुवा भएको छ। सुरेशराज सुवेदी दुबई, गुरु शरण शाह हङकङ र दोहामा कृष्णप्रसाद बजगाईँले जिम्मेवारी पाएका छन्। भने कमल प्रताप सेन क्वालालम्पुरको लेखा प्रबन्धक भएका छन्।






