काठमाडौँ। नेपाली नयाँ नोट छपाइमा ६ वटा देशको छ कम्पनीले योग्य देखिएका छन्। गत जनवरीमा राष्ट्रबैंकले १० मा आवेदन आव्हान गरिएको थियो।

नेपाल राष्ट्र बैंकले नोट छपाइको खरिद सेवाको लागि आवेदन माग गरेकोमा परेको निवेदनमा ६ वटा कम्पनी योग्य देखिएका छन्।  योग्य देखिएका यही ६ कम्पनी मध्ये एकले ठेक्का पाउने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको आवेदनमा नोटको डिजाई, प्रिन्टिङ सप्लाई र डेलिभरीको लागि खरिद प्रस्ताव उल्लेख छ ।

जसमा निवेदन दिने कम्पनी जो योग्य छन्, त्यसको सूची आज राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

सूचीकृत हुने कम्पनीमा चिनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् समावेश छन् ।