काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने घोषणा गरेको छ ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्ता उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको बताएका हुन् ।
‘सौर्य तथा वायु ऊर्जाबाट विद्युत सञ्चय गर्न आवश्यक पर्ने व्याट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको छु,’ उनले भने ।
बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम २ वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था समेत गरिएको उनले बताए ।
सरकारले इभी चार्जिङ पूर्वाधार विकासमा अझै धेरै ध्यान दिन जरुरी छ : नाडा अध्यक्ष चौधरी
नेपालमा इभीको लोकप्रियता बढ्दो, चार्जिङ स्टेसनको माग पनि अत्यधिक







