काठमाडौँ । बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्बाध रूपमा काठमाडौँवासीका घर घरमा वितरण हुने खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् ।

मन्त्री यादवले मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात् अब बर्षातको समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताएका हुन् ।

उनले भने, ‘काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको आज सफल परीक्षण भएको छ । बर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपाय स्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेका छौँ ।’

बर्षायाममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौँ बासिलाई उक्त खोलाको पानी बाह्रै महिना निर्बाध रूपमा वितरण गरिने मन्त्री यादवले जानकारी दिए ।