काठमाडौं । साता कारोबारको अन्तिम दिन आज नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक १.३१ अंकले घटेर २,१६३.९२ को विन्दुमा कायम भएको छ ।

आज ८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको शेयरमुल्यमा सर्किट लागेको छ ।

त्यस्तै, आज अप्पर हेवाखोला हाइड्रोपावर, बोटलर्स नेपाल तराई, दोल्ती पावर कम्पनी लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

त्यस्तै आज दुई कम्पनीको शेयरमूल्यमा नसकारात्मक सर्किट लागेको छ । आज सिटिजन्स् म्युचुअल फण्ड २ र कुमारी इक्युटी फण्डको शेयरमुल्यमा नकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, सामुदायिक लघुवित्त, मेगा म्युचुअल फण्ड १ लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।