काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न एकिकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज निर्देशिका जारी गरेकाे हाे ।

बैंकले निर्देशिका जारी गर्दै काउन्टरसाइक्लिकल बफरको दायरा विस्तार गरेको छ । यसअघि वाणिज्य बैंकहरुलाई मात्रै लागू गर्दै आएको व्यवस्था विकास बैंकहरुलाई समेत लागू भएको छ ।

एकीकृत निर्देशिकाका अनुसार शेयर कर्जाको सिमामा पनि ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको परिपत्र अनुसार अब ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले विदेश भ्रमणमा जाँदा राहदानी सुविधा वापत पाइने डलर सटही सुविधा १५ सय अमेरिकी डलरबाट बढाएर २५ सय अमेरिकी डलर पुर्याएको हो ।

त्यस्तै १ वर्षमा २ पटकसम्म प्रति पटक २५ सय अमेरिकी डलर साट्न पाइने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले क र ख वर्गका बैंकहरुलाई एकिकृत परिपत्र पनि जारी गरिसकेको छ ।

व्यक्ति वा फर्मलाई दिईने कर्जामा निश्चित समय तोकिदिएको छ । त्यस्तै २५ लाख भन्दा बढी व्यक्तिगत कर्जा लिनेलाई प्यान अनिवार्य व्यवस्था पनि लागू गरेको छ ।