काठमाडौँ। आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिनामा भएको कुल वस्तु निर्यातको तथ्यांक सार्वजनिक भएको छ ।

जस अनुसार छ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई रु ७४ अर्ब ९७ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी रिपोर्टमा यस्तो उल्लेख गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कुल बस्तु निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १२.८ प्रतिशतले कमी आएको राष्ट्र बैंकको जानकारी छ ।

यता चीन र अन्य मुलुकतर्फको निर्यात भने क्रमशः ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको बैंकले जनाएको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आई रु ७६८ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । यसले नेपालको वैदेशिक व्यापारमा ठूलो असन्तुलनको चित्र देखाएको विज्ञहरुको आकलन छ ।

तर, आर्थिक वर्ष २०८०र८१ को ६ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले आएको बैंकले जनाएको छ । जसअनुसार व्यापार घाटा रु.६९३ अर्ब २० करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९.२ प्रतिशतले घटेको थियो । यस्तै समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।

यसैगरी तुलतान्मक रुपमा मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २।४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात
घटेको छ ।

यस्तैगरी निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

समीक्षा अवधिसम्ममा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु।७६ अर्ब २५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु६० अर्ब ५६ करोड बराबरको भएको थियो ।