काठमाडौं । सीईडीबी होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारी गरेको छ । कम्पनीले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँ बराबरको ५६ लाख ३६ हजार ५९१ दशमलव ९८ कित्ता हकप्रद निष्कासनको माग राख्दै नियामक निकायन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ः०.५४५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले हकप्रद शेयर निष्कासन गर्न अनुमति हो।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।







