काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ।

बैंकले माघ १८ गतेदेखि फागुन ४ गतेसम्म लिलामी खुला गरी कुल ३ लाख ६ हजार ५९७ कित्ता सेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो। उक्त सेयरको बाँडफाँड फागुन १३ गते सम्पन्न गरिएको जनाएको छ।

लिलामीअन्तर्गत संस्थापक समूहको सेयरका लागि न्यूनतम कटअफ मूल्य १०५ रुपैयाँ ५० पैसा कायम भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ।

बाँडफाँड प्रक्रियामा सेयर प्राप्त गर्न नसकेका आवेदकहरूको रकम फागुन १५ गतेदेखि फिर्ता गरिने पनि प्रबन्धकले जनाएको छ।