काठमाडौँ। आजदेखि नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक शेयर धनीहरूले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा पुस २३ गतेको सञ्चालक समितिको निर्णय अनुसार ६५ हजार ६२८ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो।
यो सेयर खरिदका लागि हाल बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन सक्ने छन् । इच्छुक संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
यदि उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक शेयर धनीले बैंकको चितवन,टाँडीमा रहेको केन्द्रीय कार्यालयमा पुग्ने गरी आफूले लिन चाहेको सेयरको ब्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।







