काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि १०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोको थियो । निर्धारित समयसम्म कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आगामी ७ दिनभित्र चितवनको भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई आवेदन दिन सकिने बैंकले जनाएको छ ।