काठमाडौं । नेपाल सरकारले देशभरका सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन र त्यस्ता जग्गाको संरक्षण गर्न आक्रामक अभियान सुरु गरेको छ ।

गृह मन्त्रालयले हालै मात्र एक विशेष परिपत्र जारी गर्दै देशका सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई यस कार्यमा तदारुकताका साथ लाग्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयको नयाँ निर्देशन मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाद्वारा बैशाख १६ गते हस्ताक्षरित पत्रअनुसार जिल्ला भित्रका सबै अतिक्रमित सरकारी र सार्वजनिक जग्गाहरूको पहिचान गरी अभिलेख दुरुस्त राख्न भनिएको छ ।

यस्तै, सम्बन्धित स्थानीय तह र निकायहरूसँग समन्वय गरी अतिक्रमण हटाउन ठोस योजना बनाउन र सो योजना मन्त्रालयमा स्वीकृतिका लागि पठाउन निर्देशन दिइएको छ ।

मन्त्रालयबाट योजना स्वीकृत भएपछि मात्र अतिक्रमण हटाउन आवश्यक सुरक्षा प्रबन्ध र अन्य सहजीकरण गरिने पत्रमा उल्लेख छ ।

उपत्यका र देशभर ’डोजर’ अभियान तीव्रयसै निर्देशनको सिलसिलामा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा अवैध संरचनाहरू भत्काउने कार्य तीव्र पारिएको छ ।