काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ एकैदिन ५ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो।

मंगलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले बढ्दै ५ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।