काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । उनले हालको एसोसिएट उपाध्यक्ष नै रहेकी ज्योत्सना श्रेष्ठलाई हराएका हुन्।

यस्तो छ एसोसिएटको टिम

एसोसियट सदस्यतर्फको निर्वाचनबाट १७ जना उम्मेदवारहरू चुनिएका छन्। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालका छोरा सचिन ढकालले सबैभन्दा बढी मत ल्याएका छन् । सचिन ढकालले १३१८ मत ल्याएर विजय भएका छन् । हेमन्त गोल्छा  १२०२ मत, अम्बिका प्रसाद पौडेल ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११४६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, राजेश कुमार अग्रवाल १०८२ मत ल्याएर विजय भएका छन् ।

त्यस्तै सुयस प्याकुरेल १०६९ मत, सुशील थापा १०५४ मत, रामशरण भण्डारी १०४३ मत,  बाबु काजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, प्रियराज रेग्मी ९५४ मत, इश्वर बहादुर जि.सी. ९४५ मत, सुरज उप्रेती ९०७ मत, कृष्ण लाल महर्जन ८७४ मत र डा. रामशरण थपलिया ८६७ मत ल्याएर विजय भएका छन् ।