काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हाे । कम्पनीले हकप्रद शेयर निष्काशनको माग गर्दै धितापत्र बोर्डलाई आवेदन दिएको छ ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको पूँजी २ अर्ब ३२ करोड ३३ लाख पुग्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।