काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको पुस १४ गते वार्षिक साधारण सभाका लागि मिति तय भएको छ । सभा सुनसरी उद्योग वाणिज्य सङ्घ, धरान–१, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा यस बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ मितेरीले मङ्सिर २८ गते बुक क्लोज गरिसकेको छ। मङ्सिर २७ गतेसम्म कायम रहेका शेयर धनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।