काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकको नाफा प्रभावित बनेको छ। बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको नाफा ४७.०४ प्रतिशतले घटेको छ। खुद ब्याज आम्दानीमा कमी आउँदा बैंकको नाफा प्रभावित भएको हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४ करोड ८८ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा घटेर २ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले घट्दै ८ करोड ५८ लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै बैंकको खुद सञ्चालन आम्दानी पनि १२ करोड ८२ लाख रुपैयाँबाट घटेर ९ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ ।
यो अवधिमा बैंकले खराब कर्जा अनुपात भने घटाएको छ। अघिल्लो आवमा २.७४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १.७४ प्रतिशतमा सीमित बनेको छ । बैंकको वितरणयोग्य मुनाफा ५ करोड २४ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ४.९६ रुपैयाँ रहेको छ ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ५ करोड २४ लाख र रिजर्भको आकार ३४ करोड ४३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ४.२५ रुपैयाँ कायम छ ।







