काठमाडौं । नेपालमा ३२ प्रतिशत हाराहारिमा व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको छ ।
मुलुकमा वैध रुपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरुमध्ये महिलाहरुको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको समेत सर्वेक्षणले देखाएको छ ।
२०६५ सालयता गरिएको सो सर्वेक्षणकाअनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाहरुको स्वमित्व सबैभन्दा कम ८ प्रतिशत छ । टोटलमा ७४ पर्सेन्ट प्रतिष्ठानहरु पुरुषको स्वामित्वमा रहेका छन् भने २६ पर्सेन्ट महिलाहरुको स्वामित्वमा रहेको पाइएको छ । यो दर्ताको आधारमा लिइएको तथ्यांक हो ।
त्यस्तै प्रोभिन्सवाइज हेर्ने हो भने गण्डकीमा ६४ दशमलव ९ पर्सेन्ट चाहीँ पुरुषहरुको स्वामित्वमा र ३५ पर्सेन्ट चाहीँ महिलाको स्वामित्वमा देखाउँछ भने मधेशमा हेर्ने हो भने ८९ पर्सेन्ट मेलको ओनर्सिप र १० दशमलव ८ पर्सेन्ट चाही फिमेलको अनर्सिप देखिएको छ ।
अब यो रिटेल ट्रेडमा ७४ पर्सेन्ट मेलको ओनर्सिप देखियो भने २७ पर्र्सेन्ट फिमेलको ओनर्सिप देखियो,’ उनले भनिन्, ‘होलसेल ट्रेडमा ८४ पर्सेन्ट मेल र १६ पर्सेन्ट जति महिलाहरुको स्वामित्व छ । र मोटर ट्रेड एण्ड रिपियरमा धेरै पुरुषहरुको ९२ पर्सेन्ट मेल ओनर्सिप र करिब ८ पर्सेन्ट जति महिलाहरुको ओनर्सिप देखियो । भनेपछि यहाँ धेरै महिलाहरु इन्गेज भएको रिटेल ट्रेडमै देखियो।’






