काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ।
चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालीहरूको खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी गत वर्षको तुलनामा ५१ अमेरिकी डलर बढेर १ हजार ४ सय ५६ डलर पुग्ने कार्यालयले अनुमान गरेको हो ।
त्यस्तै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भने १ हजार ४ सय ३४ डलर पुग्ने कार्यालयलको प्रक्षेपण छ। यो सबै बजार मूल्यमा हो। खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी भने १ हजार ८ सय ४३ डलर पुगेको छ।