काठमाडौँ । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै आफ्ना दुखेसो सुनाएका छन्।
पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमबाट बाहिरिने क्रममा प्रधानमन्त्रीसँग भेटघाट गर्दै उनीहरूले आफूहरू समस्याको परेको भन्दै समस्या समाधानको निमित्त पहल गरिदिन अनुरोध गरेका हुन्।
जीबी राई सञ्चालक रहेको सूर्य दर्शन सहकारी हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि जोडिएका छन्। सहकारी पीडितहरूले हिनामिना भएको बचत रकम फिर्ता गराइदिन समेत प्रधानमन्त्री प्रचण्डलाई माग गरेका छन्।
उनीहरूले सहकारी प्रकरणमा वर्तमान गृहमन्त्री लामिछाने पनि जोडिएकाले छानबिनको मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।







