काठमाडौँ। घरेलु बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो । यसअघि गत जेठ १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भएको छ ।