काठमाडौँ। घरेलु बजारमा आज सुनको मूल्यमा भारी मात्रामा गिरावट भएको छ । गत शुक्रवार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

गत शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम थियो ।  यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा गिरावट आएको छ । जसका कारण  घरेलु बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको हो ।