काठमाडौं। आज दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेस्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयले आज बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ । जस अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको आज सांसदहरुसँग पहिलो प्रश्नोत्तर कार्यक्रम हो ।
यस्तै, आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।







