काठमाडौं । मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज (मंगलबार) २७५ सूचीकृत कम्पनीको १ करोड २८ लाख ३ हजार २०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसैगरी आज शिभम सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टि होटलले २२ करोड ४२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।
आज ३८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये २५ वटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ वटा कम्पनीको सेयर मूल्य ९.८० देखि ९.९९ प्रतिशतसम्मले बढेको छ ।