नेपालीको घर आगमनमा दसैँ भित्रिएसँगै दसैँको विशेष चहलपहल सुरु भएको छ । नेपालमा धेरैजसो समुदायले मनाउँदै आएको यस पर्वको अवसरमा विभिन्न व्यवसायी वा पेसाकर्मीले आफ्नो भिन्नाभिन्नै योजनाको साथमा दसैँलाई मनाउने तयारी गरिरहेका हुन्छन् । विशेषतः दसैँको अवसरमा लामो बिदा हुने र आफ्नो लागि पर्याप्त समय पाइने भएको कारण पनि व्यवसायी, पेसाकर्मी वा व्यस्त मानिसहरूले यस पर्वलाई आफ्नो रुचिकर काम गर्ने अवसरको रूपमा लिएको पाइन्छ । पेसा, व्यवसाय र कामको व्यस्तताले व्यक्तिगत रुचिकर काम गर्न नपाएका वा नभ्याएका व्यक्तिहरूले यस वर्षको दसैँमा कस्तो योजना बनाइ रहेका होलान् ? वा उनीहरूको यस वर्षको दसैँको योजना के छ ? आर्थिक भ्वाइसले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको दसैँ योजनाबारे सोधेको छ । 

प्रस्तुत छ अध्यक्ष सिलवालको दसैँ योजना

हाम्रो दाई भाइको परिवार लगायत घरका सबै परिवार काठमाडौँमै छौँ, त्यस कारण यसपालिको दसैँ यहीँ मनाउँछौ । अहिले त अव गाउँ जानका लागि बाटोको अवस्था पनि ठिक छैन ।

दसैँ रमाइलो लाग्ने भनेको नै बाल्यकालमै हो । ठुलो भएपछि त के को दसैँ । तराईको सानो र धुलो माटो तथा खेतीपाती गर्नुपर्ने पर्साको अलौँ भन्ने ठाउँमा मेरो जन्म भएको हो। गाउँमा हुँदा दसैँ भनेको त धानको परालको डोरी बाटेर अग्लो रुखको हाँगामा पिङ बनाएर दिउँसोभरी केटाकेटीले र अलिअलि साँझ परेपछि पिङ खेल्ने गर्थ्यौ ।

दसैँ आएपछि एकदम ठुलो दिनहरू आयो भन्नेजस्तो लाग्थ्यो ।

सिङ्गै गाउँका मानिसहरू दिनभरी रात भरी त्यसैमा रमाउँथ्यौँ । रोटे पिङ पनि हुन्थ्यो । तर हामी प्रायजसो ठुलो पिङ नै खेल्ने गर्थ्यौ । धान लिएर चिउरा कुटाउन गइन्थ्यो । खसी कहिले आउँछ, बोका कहिले आउँछ भनेर कुरेर बसिन्थ्यो । दसैँ आएपछि एकदम ठुलो दिनहरू आयो भन्नेजस्तो लाग्थ्यो । घरकाले नयाँ लुगा पनि किनिदिन्थे ।

सामूहिक रूपमा खुसी साटासाट गर्ने चाड भएकाले यो समयमा एक अर्काको खुसीको पनि प्रवाह गर्नुपर्छ ।

अहिलेको दसैँ त पहिलाको जस्तो हुँदैन नि । मान्छेको मन परिवर्तन भयो । बानी परिवर्तन भयो । यो सबै टेक्नोलोजीमा आएको परिवर्तनले गर्दा भएको हो । प्रायजसो सबै मान्छेहरू घरमा जम्मा हुने, एकदमै धेरै रमाइलो गर्ने, भनौँ या भेटघाट गर्ने हिसाबले हेर्दा यो दसैँ एकदमै महत्त्वपूर्ण र अद्धितिय पर्व हो ।

दसैँको बेलामा मासु भने म आफैँ पकाएर खान्छु, अरू कुराहरू अरूले पकाए पनि मासु भने म आफैले पकाउँने हो । उसो त मान्छेहरू एक्लै भएको बेलामा कम खाने र धेरै मान्छेहरूसँग खुसी साट्दै खाना खादा अलि बढी खाने भन्ने त भइहाल्छ । अनि दाई भाइसँग मात्रै बसेर रमाइलोको लागि तास खेल्ने जस्ता रमाइला कुराहरू त गरिन्छ नै ।

दसैँको बेलामा मासु भने म आफैँ पकाएर खान्छु, अरू कुराहरू अरूले पकाए पनि मासु भने म आफैले पकाउँने हो ।

मठमन्दिर दर्शन पनि धेरै गर्छु म दसैँको वेलामा । उसै पनि म मन्दिर त गइराख्ने मान्छे हो । चाडपर्व त एकदम संयमित भएर मनाउनुपर्छ नि । खानपानमा धेरै संयमित हुनुपर्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । सामूहिक रूपमा खुसी साटासाट गर्ने चाड भएकाले यो समयमा एक अर्काको खुसीको पनि प्रवाह गर्नुपर्छ । लामो बिदा हुन्छ दसैँको वेलामा त्यसको सही सदुपयोग गर्नुपर्छ । अलिकति आस्थावान हुने धार्मिक पनि हुनुपर्छ ।

५ देखी १० हजारसम्मको पोलिसी उपहार दिनसके सबै भन्दा राम्रो हो ।

अझ दशैँमा बीमा पोलिसी उपहार दिन सक्ने चलन ल्याउन सकियो भने त धेरै राम्रो हुन्थो ।मानव स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छन् । एकाएक बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन सक्छ । त्यस्ता चुनौती र जोखिमलाई कम हुने गरी ५ देखी १० हजारसम्मको बीमा पोलिसी उपहार दिनसके सबै भन्दा राम्रो हो । यसले गर्दा वित्तीय साक्षरतामा पनि वृद्धि हुन्छ ।

बाल्यकालमा दसैँ मानेको अनुभव त्यति छैन मसँग तर काठमाडौँ आएपछि दसैँको महत्त्व बुझियो