काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धिले माउन्टेन ईभी भ्यान लन्च गरेको छ ।
कम्पनीले यो ईभी भ्यानलाई नेपालकै बेस्ट–इन–क्लास दावी गरेको छ । यो अवसरमा एकै पटक १०० ग्राहकलाई सो गाडी हस्तान्तरण गरेर एक माइलस्टोन समेत फोटोन नेपालले हासिल गरेको छ ।
५३.५८ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्री प्याक रहेको यो माउन्टेन ईभीमा नेपालको सम्पूर्ण भूगोलमा चलाउन सकिने क्षमता रहेको छ ।
जसले फुल चार्जमा एनईडीसी अनुसार ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । त्यसैगरी यसले १३० किलोवाटको पावर र ३३० एनएमको टर्क जेनेरेट गर्छ भने यसको ग्रेडेबिलिटी २५ प्रतिशत छ । यी सबैका कारण नेपाली बजारमा यति एड्भान्स्ड फिचर भएको यो पहिलो गाडी भएको बताइएको छ ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली बजारमा जहिले पनि एमएडब्लु ग्रुपले फस्र्ट–इन–सेगमेन्ट सवारी साधन ल्याइरहेको र त्यसैको निरन्तरता माउन्टेन ईभी भएको बताए । नेपाली ग्राहकलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई यसले प्रमाणित गरेको उनले बताए ।
एमएडब्लु वृद्धिका सीईओ तुसार गुप्ताले नेपालकै लागि बनाइएको माउन्टेन ईभी यो क्लासकै च्याम्पियन भएको बताए । उनले विगत १९ वर्ष देखि चीनमा टप ब्रान्डको पहिचान कायम गरेको र विश्वका विभिन्न देशमा अन्य रेकर्ड समेत रहेको फोटोन ब्रान्ड नेपालमा समेत रुचाइएको बताउँदै आगामी दिनमा अझै रुचाइने अपेक्षा गरे ।
१४ र १५ सिट अप्सनमा उपलब्ध हुने माउन्टेन ईभी भ्यान स्पेसियस र कम्फर्टेबल हुनुका साथै ठूलो हेडरुमका लागि हाई रुफ छ । यसमा फस्र्ट–इन–क्लास र फस्र्ट–इन–नेपाल फिचरको रुपमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ असिस्टेन्स, हिल होल्ड कन्ट्रोल (एचएचसी), आर१६ ड्युरेबल टायरका साथै इको र पावर गरी दुई ड्राइभिङ मोड रहेका छन् ।
स्लिक तथा डाइनामिक प्रोफाइल सहितको मोडर्न डिजाइन रहेको माउन्टेन ईभी भ्यानमा अगाडितिर डाइनामिक हेडलाइट रहेको छ भने यसको तलतिर एयरभेन्ट नजिकै रहेको फगल्याम्प तथा ब्याकमा रहेको इन्टिग्रेटेड टेलल्याम्पले स्लिक र मोडर्न लुक प्रदान गरेको छ ।
क्याबिनमा स्पोट्र्स कारको बकेट सिटमा जस्तै हेडरेस्ट र मोडर्न तथा राम्रो तरिकाले फिनिसिङ गरिएको छ भने मल्टी मिडिया फिचर सहितको स्क्रिन रहेको छ । गाडीको रेन्ज, पावर, स्पिड र गियर आदिको जानकारी लिनका लागि ड्युल–रिङ इन्स्ट्रयुमेन्टल प्यानल रहेको छ । सबैतिरको दृश्यका लागि रिभर्स राडार सहितको रिभर्स क्यामेरा छ ।
सुरक्षाका लागि माउन्टेन ईभी भ्यानमा एबीएस, ईबीडी, एचएचसी, सेल्फ–एड्जस्टिङ ब्रेक क्लियरेन्स, चार्जिङ लक, इन्डिभिज्युअल सिटबेल्ट, ओपन डोर वार्निङ, पावर विन्डोज, सेन्ट्रल लकिङ लगायतका विभिन्न फिचर उपलब्ध छन् । १४ सिटर माउन्टेन ईभी भ्यानको मूल्य ५८ लाख ९९ हजार र १५ सिटर माउन्टेन ईभी भ्यानको मूल्य ५७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
यसमा ५ वर्ष वा ३ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ ।







