काठमाडौं । धितोपत्र बोर्डसँग विभिन्न ५ कम्पनीले एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेका छन् । बुटवल पावर कम्पनी, नेसनल लघुवित्त, विन नेपाल, विजय र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।
बुटवल पावरले प्रतिकित्ता २०६.३० रुपैयाँमा १ करोड कित्ता एफपीओ बिक्रीका लागि अनुमति मागेको छ । कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ ।
यस्तै नेसनल लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ६९ हजार ९०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
त्यस्तै, विन नेपाल लघुवित्तले १०० रुपैयाँका दरले ५१ हजार २९२.५ कित्ता र स्वरोजगार लघुवित्तले १०० रुपैयाँका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।







