काठमाडौँ । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।







