काठमाडौँ । यस अगाडि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र वाचन गरेर सुनाएका हुन् ।
सभामुख देवराज घिमिरेले रविको सांसद पद निलम्बन भएको सूचना टाँस गरेका थिए । कास्की प्रहरीको पत्र र कानुनविद्को रायका आधारमा सभामुख देवराज घिमिरेले सोमबार साँझ लामिछानेको सांसद पद निलम्बन भएको सूचना प्रकाशन गरेका थिए ।







