काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो आइतवार एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यता, आइतवार प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेपछि एक हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।







