काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ ।
महानगरले सार्वजनिक सूचना जारी गर्दै घर, कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको भनदै यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको हो ।
यस्ता कार्यहरु गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ ९च० वमोजिम ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यहोरा समेत सुचना मार्फत जानकारी गराएको छ ।