काठमाडौँ। आज (आइतबार) साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। उक्त दिन बजार ३२.१४ अंकले बढेर २६९५.५५ को विन्दुमा कायम भएको छ ।
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ६९ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसतै,नेपाल रिइन्स्योरेन्स कम्पनीको ४७ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री सहित कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।
यता, एनआरएन इन्फ्रस्ट्रक्चरको ३९ करोड ८६ लाख ८५ हजार रुपैंया, सिइडिबी होल्डिङको २४ करोड १० लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।
तालिकामा हेर्नुहोस् ।







