काठमाडौँ। साताको पहिलो कारोबार दिन बजार ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा कायम भएको छ।
उक्त दिन सबैभन्दा बढी एक्सल डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ। आज कम्पनीको ३४ करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको करोड २८ लाख ९० लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । उक्त दिन नेपाल फाइनान्सको २८ करोड ६ लाख ८ हजार रुपैंया र मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ३० लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।









