काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि सुनचाँदीको मूल्य निर्धारण गरेको छ । महासंघको अनुसार स्थानीय बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।
अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज कुनै घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउमा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज ५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।







