काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर धनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले २ जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको १ लाख १ हजार ५३६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ।
आवेदन डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा लिखित रूपमा दिनु पर्नेछ। निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ।







