काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा चौधरी ग्रुपले बाँसबारीस्थित चाँदबाग विद्यालय गोकर्णेश्वर–जोरपाटीतर्फ सार्न लागेको भन्ने समाचारहरू सार्वजनिक भएका छन् । तर ती समाचारहरू भ्रामक रहेको पाइएको छ ।
वास्तविकता भने फरक रहेको छ । चाँदबाग विद्यालय बाँसबारीबाट अहिले सार्ने तयारी भइरहेको नभई करिब एक वर्षअघि नै भौतिक तथा कानुनी रूपमा गोकर्णेश्वर–जोरपाटीमा स्थानान्तरण भइसकेको हो । विद्यालय २०८१ साल चैत्र ५ गतेदेखि नै गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीबाट नियमित रूपमा सञ्चालनमा आइरहेको छ ।
भारतीय मुद्राको विनिमय दर पुनरावलोकनको चर्चा, अर्थतन्त्रमा पर्न सक्छ यस्तो असर
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले स्थानान्तरणसम्बन्धी आधिकारिक सूचना प्रकाशनमा ढिलाइ गर्दा अहिले भ्रम सिर्जना भएको हो । महानगरले विद्यालय स्थानान्तरणको सूचना करिब एक वर्षपछि मात्र, २०८२ साल चैत्र ८ गते सार्वजनिक गरेको थियो ।
महानगरले ढिलोगरी सार्वजनिक गरेको उक्त सूचनालाई हालैको निर्णय ठानेर केही सामाजिक सञ्जाल पेज तथा अनलाइन माध्यमहरूले चाँदबाग विद्यालय अहिले मात्र बाँसबारीबाट सार्न लागिएको भन्दै समाचार प्रकाशन गरेका हुन्।
सेयर बजारमा स्वर्णीम युग, नेप्से ४ हजार माथि पुग्ने विश्लेषक भट्टराईको अनुमान
यसले वास्तविकता नबुझी सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति फेरि उजागर गरेको छ। साथै, केही अनलाइन मिडियाहरू सामाजिक सञ्जालको पछाडि कुद्ने प्रवृत्ति पनि उदांगिएको छ।







