काठमाडौँ । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रविन्द्र ढकाल चयन भएका छन्। कम्पनी सञ्चालक समितिको वैशाख २५ गते बसेको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा नियुक्त गरेको हो।
प्रभु बैंकका चिफ म्यानेजर रहेका ढकालको नेतृत्वमा कम्पनीले आफूलाई थप प्रतिस्पर्धी तथा प्रभावकारी स्टक ब्रोकर संस्थाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
उनको नेतृत्वसँगै कम्पनीले सेवा विस्तार र पूँजी बजारमा आफ्नो उपस्थिति मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।







