काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयले विराटनगरमा आयोजना गरेको रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा १७८ जनाले विभिन्न स्वास्थ्य सेवाको लाभ लिएका छन्।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् भने १०९ जनाले आँखा परीक्षण र ४३ जनाले दन्त परीक्षण सेवा लिएका छन्। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित निःशुल्क सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश, हिमाल आँखा अस्पताल तथा शान्ति फर्मेसी एवं दन्त क्लिनिकले सहकार्य गरेका थिए।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवका अनुसार वार्षिकोत्सवलाई औपचारिकतामा सीमित नराखी समुदायमुखी सेवामार्फत सामाजिक उत्तरदायित्वलाई अघि बढाइएको हो।







