काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।







