काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो कारोबार दिन हिजो भने सुन तोलामा एक लाख ४९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यता, आज चाँदीको मूल्य तोलामा एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।







