काठमाडौं । साताको तेस्रो दिन आज सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर २६ सय १९ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ ।

आज यस कम्पनीको १९ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, दोस्रोमा लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमालयन रिइन्सुरेन्सको ९ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यी हुन् सर्वाधिक मूल्य बढ्ने १० कम्पनी
आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज स्वस्तिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानलको सेयरमा सकारात्मक सर्किट लागेको छ ।








