काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भट्टले राजीनामा बुझाएका हुन् ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरे । एक साताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले भट्टलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् ।
सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने क्रममा दोस्रो चरणमा हटाइने सूचीमा भट्ट पनि परेका थिए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्ती गरेको थियो।
उनी कांग्रेस कोटाबाट निगममा नियुक्त भएका थिए।







