काठमाण्डौ। आज बिहिवारका दिन नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन।
अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहदै प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१० सय रुपैयाँ कायम भएको छ ।







