काठमाडौं । कालिका लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३७ करोड २३ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।