काठमाडौँ। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले बाँसबारीको व्यक्तिको नाममा गएको जमिन सरकारको नाउमा फिर्ता आएको कारण मुद्दा फिर्ता भएको जनाएका छन्।

बाँसबारी जग्गा प्रकरणमा महान्यायाधिवक्ताले मुद्दा फिर्ता लिएको विषय सामाजिक सञ्जालमा चर्चा भइरहेको समयमा एमाले नेता बस्नेतले सामाजिक सञ्जाल मार्फत नै यस्तो जवाफ लेखेका छन् ।

उनले रवि लामिछाने र जिबी राईले ठगेको ६८ करोड फिर्ता गरे स्वतः महान्यायाधिवक्ताले मुद्दा फिर्ता लिने दाबी गरेका हुन्। उनले बाँसबारी जग्गा प्रकरणको मुद्दा फिर्ता लिएको विषयमा महान्यायाधिवक्तालाई पैसासँग जोडेर गाली गर्नु अल्पज्ञान र ठगको पक्षपोषण भएको स्पष्ट धारणा राखेका छन् ।

बस्नेतले फेसबुकमा लेखेका छन्

रवि र जिबीले ठगेको ६८ करोड फिर्ता गरेत स्वत महान्यायाधिवक्ताले मुद्दा फिर्ता लिन्छन। बाँसबारीको व्यक्तिको नाममा गएको जमिन सरकारको नाउँमा फिर्ता भइसकेकोले मुद्दा फिर्ता भएको हो। यो विषयमा महान्यायाधिवक्तालाई पैसा संग जोडेर गाली गर्नु अल्पज्ञान र ठगको पक्षपोषण गर्नु हो।