काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि अदालत जाने बताएका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत पार्टी र एमालेको धारण सार्वजनिक गर्दै बस्नेतले आतंककारीका मतियारहरुविरुद्ध देशभर उजुरी हाल्ने र चुनावमा त्यस्ता तत्त्वहरूलाई धुलो चटाउने समेत बताए ।
‘त्यो भन्दा अगाडि संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौ’, उनले भने– ‘त्यसमा पार्टी आधिकारिक ढङ्गले जाने वा वकिलमार्फत जाने भनेर हामी अन्तिम छलफल गर्दैछौं ।’
बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् । खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नु पर्ने बस्नेतको भनाइ थियो ।
बस्नेतले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ?’
साथै बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिएका छन् ।
रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा,ज्वाला सङ्ग्रौलाको बारेमा छानबिन हुनुपर्ने बस्नेतको भनाइ छ ।
‘त्यसपछि भागेका १४ हजार कैदी कहाँ छन् रु ५ सय चौकी जलाउने क्रममा १२ हजार हतियार लुटिएका छन्, २० हजार गोली लुटिएका छन् ती कहाँ छन् रु’, उनले साम्राज्यवादी शक्तिले पुन नेपालीमाथि आक्रमण हुनसक्ने बताए ।
डिस्कर्ड चलाउने, प्रहरीलाई जिउँदै जलाउनेलाई कारबाही गर्नुको साटो गृहमन्त्री भने सुदन गुरुङलाई गुलेली खेलाउन लगाएर बसेको, कुलमान घिसिङ उठौतीमा लागेको भन्दै उनीहरूमाथि पनि छानबिन गर्नुपर्ने बस्नेतको भनाइ छ ।
उक्त पत्रकार सम्मेलनमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध नेपो बेबी ट्रेन्ड चलाउनुपर्ने बताएका छन् ।
‘भ्रष्टाचार अन्त्य गरेर जाने हो भने राष्ट्रिय युवा सङ्घ नेपालले पनि अव बालेन शाह र उनका बाबुको सम्पत्ति छानबिन गर्ने, हामी नेपाल संस्थाको कति सम्पत्ति आयो रुआम्दानी कति छ रु त्यो सोच्छौ’, उनले भने, ‘देशलाई भड्खालोमा हाल्ने बालेनबारे हामी सोच्छौ ।’
उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेतिर नलागेको भन्दै यदि सरकारले निष्पक्ष चुनाव गराउने हो भने अहिलेका प्रधानमन्त्री र मन्त्री जहाँबाट चुनाव लड्छन् आफू त्यहीबाट निर्वाचन लड्ने चेतावनी दिए ।






