काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो। बैंकले अघिल्लो आर्थिक वर्षमा ५१ करोड ८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशत घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ८९ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १५.८१ प्रतिशत बढेर २ अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.२७ प्रतिशत घटेर १० अर्ब ५७ करोड २६ लाख ३२ हजार रुपैयाँ, सञ्चालन आम्दानी ६०।८२ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ छ ।
२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको निक्षेप संकलन १२.१८ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ र कर्जा लगानी ४.२१ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ४ करोड ५५ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो ।
यस समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।बैंकको रिटर्न अन इक्विटी १४.९५ प्रतिशत रहेको छ ।







