काठमाडौं । सानिमा रिलायन्स लाइफले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा ०.९५ प्रतिशतले वृद्धि भएर ३४ करोड ८ लाख रुपैयाँपुगेको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीले ३३ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

यस अवधिसम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएर ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत बर्षमा कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब २९ करोड रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड १७ लाख रुपैयाँ रहेको छ ।

हाल कम्पनीको शेयरपुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको ९ईपीएस०र ९.०६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १११.६५ रुपैयाँ रहेको छ।